जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने संकेतपछि सरकारद्वारा जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले आफ्नो नाम सुनुवाइबाट सोमबार फिर्ता लिएका छन् ।

उनले समिति सभापति बोधनारायण श्रेष्ठलाई सोमबार चिठी लेखेर ‘स्वार्थको द्वन्द्व’ का कारण नाम फिर्ता लिएको भनेका छन् । सरकारले २ असोजमा विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेकोमा दुई देशका लागि प्रस्तावित राजदूतको नाम समितिले अस्वीकृत गरिसकेको छ ।

विवादमा आएपछि जापानका लागि सिफारिस थापा आफैं पछि हटेका छन् । योसँगै सरकारले १३ मुलुकका लागि सिफारिस गरेकामध्ये तीन देशमा फेरि राजदूत सिफारिस गर्नुपर्नेछ ।

भारत, चीन, अमेरिका, बेलायतसहित १० जना प्रस्तावित राजदूतको नाम संसदीय समितिले अुनमोदन गरिसकेका कारण एग्रिमोका लागि सम्बन्धित देशमा सरकारले पठाइसकेको छ । त्यहाँबाट स्वीकृति (एग्रिमो) आएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्ति गर्ने र शपथ खुवाउनेछन् ।

त्यसपछि उनीहरू कार्यक्षेत्र जानेछन् । संसदीय सुनुवाइ समितिले  प्रस्तावित दुई राजदूतहरू चूडामणि खरेल (मलेसिया) र गिरिबहादुर सुनार (साउदी अरब) को नाम अस्वीकृत गरिसकेको छ भने थापाको नाम स्थगनमा राखेको थियो । 

सुझावित समाचार