सेवाग्राहीलाई दुःख दिएको आरोपमा सात बिचौलिया पक्राउ

शुक्रबार, ११ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । सेवाग्राहीलाई दुःख दिएको आरोपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट सात बिचौलिया पक्राउ परेका छन्।

बिहीबार दिउँसो साढे २ बजेतिर सात बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुलीको सुनकोशी– २ का ४२ वर्षीय कमल खड्‌का, झापाको गौरादह– ७ का ५० वर्षीय गोपालबहादुर विष्ट र स्याङ्जाको भिरकोट– ५ घर भई सानो भर्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल छन्।

यसैगरी, काठमाडौं– २९, अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, कागेश्वरी मनोहरा– ३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ– ६ घर भई शंखमूल बस्ने ५७ वर्षीय स्वयमकृष्ण निरौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार