इतिहासमा आज

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

सन् २०२४ : हिजबुल्लाह समूहका सदस्यले बोक्ने हजारौँ पेजर एकैपटक पड्किँदा करिब दुई हजार ८०० जना घाइते भए । 

सन् १६८३ : ‘रोयस सोसाइटी अफ लन्डन’लाई लेखेको पत्रमा डच वैज्ञानिक एन्टनी भान लेभन्हुकले ब्याक्टेरियाको अस्तित्वको पहिलो सार्वजनिक उल्लेख गरे । यस आविष्कारका लागि उनलाई ‘माइक्रोबायोलोजीको पिता’ पनि भनिन्छ । 

सन् १७८७ : फिलाडेल्फियामा बसेको संविधानसभाको बैठकमा ३८ डेलिगेट्सले हस्ताक्षर गरेसँगै अमेरिकाको संविधान स्वीकृत भयो । 

सन् १७८९ : इंग्ल्यान्डका खगोलशास्त्री विलियम हर्सलले शनि ग्रहको उपग्रह मिमास पत्ता लगाए । 

सन् १८४९ : दासप्रथाविरोधी अभियन्ता हेरियट टबम्यान पहिलोपटक मेरिल्यान्डस्थित मालिकको घरबाट भाग्न सफल भइन् । 

सन् १९३९ : पोल्यान्डको पश्चिमी भाग जर्मनीले कब्जा गरेको १६ दिनपछि सोभियत संघले बाँकी पूर्वी भाग कब्जामा लियो । जर्मनी र सोभियत संघबिच भएको ‘मोलोटोभ–रिबेनट्रोप सम्झौता’अनुरूप उक्त कारबाही भएको थियो । 

सन् १९७८ : इजिप्ट र इजरायलबिच अमेरिकाको मध्यस्थतामा अमेरिकी राष्ट्रपतिको बिदा मनाउने ठाउँ क्याम्प डेभिडमा ‘क्याम्प डेभिड सम्झौता’ भयो । 

 सन् १९८० : इराकले पाँच वर्षअघिको सम्झौता छाड्दै ‘सत अल–अरब’को सम्पूर्ण जलक्षेत्र आफ्नो भएको दाबी गर्यो । 

सन् १९८० : पोल्यान्डमा लेक वालेसाको नेतृत्वमा सत्तारूढ कम्युनिस्टविरोधी मजदुर संगठन ‘सोलिडारी’ गठन भयो । 

सन् २०११ : आर्थिक असमानताको विरोधमा अमेरिकाको न्युयोर्कमा ‘अकुपाई वाल स्ट्रिट’ अभियान सुरु भयो । नोभेम्बर १५ सम्म चलेको अभियानले ‘हामी ९९ प्रतिशत’ भन्ने नारा प्रचलित गर्यो । 

सुझावित समाचार