सन् २०२२ : टेनिस खेल इतिहासकै महान् खेलाडीमध्ये एक मानिने रोजर फेडेररले ४१ वर्षको उमेरमा व्यावसायिक खेलजीवनबाट सन्न्यासको घोषणा गरे ।
सन् १८२१ : ल्याटिन अमेरिकी देश कोस्टारिका, एल सल्भाडोर, ग्वाटेमाला, होन्डुरस र निकारागुवाले स्पेनिस उपनिवेशबाट स्वतन्त्र भएको घोषणा गरे ।
सन् १९१७ : फोर्ब्स पत्रिका आजकै दिन स्थापना भएको थियो ।
सन् १९२८ : स्कटिस वैज्ञानिक एलेक्जेन्डर फ्लेमिङले एन्टिबायोटिक औषधि पेनिसिलिन पत्ता लगाए ।
सन् १९३५ : जर्मनीले देशका यहुदीहरूलाई नागरिकताबाट विमुख गर्ने र स्वस्तिकलाई देशको आधिकारिक चिह्न बनाउने
कानुन ल्यायो ।
सन् १९५० : कोरियाली द्वन्द्वका क्रममा अमेरिकी नौसेना दक्षिण कोरिया पुग्यो ।
सन् १९७१ : प्रभावशाली वातावरणवादी समूह ‘ग्रिनपिस’ आजकै दिन स्थापना भएको थियो ।
सन् १९८१ : स्यान्ड्रा डे ओ’ कोनोर अमेरिकी सिनेटको न्यायिक समितिबाट स्वीकृत भएसँगै देशको सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश बनिन् ।
सन् १९९७ : गुगल डट कम डोमेन नाम दर्ता भयो ।
सन् २०२१ : अमेरिका, बेलायत र अस्ट्रेलियाबिच त्रिपक्षीय सुरक्षा साझेदारी ‘ओकस’को घोषणा भयो । यो साझेदारी प्रशान्त महासागरमा चीनको बढ्दो प्रभावलाई चुनौती दिन बनाइएको विश्वास गरिन्छ ।