उद्धार र राहतमा सरकारको तत्परतामा प्रश्न उठाउने ठाउँ छैन : रवि लामिछाने

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्तिमा सरकारको भूमिकालाई लिएर सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्न आवश्यक नरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूकाे हवाई उद्धारमा अहिले भएजस्ताे ठुलो र व्यवस्थित अभियान यसअघि विरलै भएको बताए।

उनले भने, ‘यो विपत्तिमा सरकारको भूमिकालाई पनि सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ। विपत्तिका सुरुकै घण्टामा सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो। हजारौँ सुरक्षाकर्मी तत्काल प्रभावित क्षेत्रमा खटिए। तथ्यसहित भन्न सकिन्छ– हवाई उद्धारको यति ठुलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो।’

प्रभावितहरूको उद्धार, उपचार, अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा प्रश्न गर्ने ठाउँ नरहेको दाबी गर्दै उनले भने, ‘आफ्ना घर, सम्पत्ति र जीवनका आधारभूत साधानसमेत गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको पूर्ण जिम्मेवारी लिएको छ।’
 

सुझावित समाचार