रास्वपाले राहत वितरणमा छुट्टै राहत संयन्त्र नबनाउने

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपहिरोपीडितको उद्धार तथा राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई सघाउने निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले पार्टी कार्यालयमा संकलित राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको हो। रास्वपाले सरकारसँग समन्वय गर्दै प्रदेश तथा स्थानीय तहको सहकार्यमा राहत वितरणमा सहयोग गर्ने जनाएको छ।

तत्कालीन उद्धार र राहतपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू पीडितको घरदैलोमा पुग्ने योजना पनि बैठकले बनाएको छ। बैठकमा विपत् व्यवस्थापनबारे अर्थमन्त्रीले सरकारका प्रयासबारे जानकारी गराएका थिए।

यसैबिच, सभापतिबाट मनोनीत पदाधिकारी तथा सचिवालय सदस्यलाई बैठकमा शपथग्रहण गराइएको छ। बैठकले पार्टीका आन्तरिक तथा प्राविधिक विषयमा समेत छलफल गरेको छ।

See More On

सुझावित समाचार