उद्धार कोषमा सिद्धार्थ बैंकको दुई करोड ५१ लाख सहयोग

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

सिद्धार्थ बैंक लिमिटेडले विपत् प्रभावितको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । 
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो । साथै, बैंकले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपत् व्यवस्थापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । आगामी दिनहरूमा पनि देश तथा समाजलाई आवश्यक परेका वेला आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय कार्यमा निरन्तर सहयोग पु¥याउने प्रतिबद्धतासमेत जनाएको छ । 

सुझावित समाचार