बाढीपछि छरिएका पशुचौपायाका शवका कारण कस्ता रोग फैलिने जोखिम बढी हुन्छ ?
विशेष गरी, पशुचौपायाका शवका कारण विभिन्न ब्याक्टेरियल तथा कीटजन्य रोग फैलिने सम्भावना बढी हुन्छ । प्लेगदेखि, लेप्टोस्पाइरोसिस, साल्मोनेलाजस्ता रोग समुदायमा फैलिन सक्छन् । भोटेकोशीमा बाढी आएको चार दिन भइसकेकाले शवको उचित व्यवस्थापनमा अहिले झन् बढी ध्यान दिनुपर्ने अवस्था छ । मरेका पशुचौपायाबाट जुनोटिक रोग समुदायमा फैलिन सक्ने सम्भावना हुन्छ । समुदायमा यस्ता रोग फैलिएको अवस्थामा त्यसलाई नियन्त्रण तथा निर्मूल गर्न झनै कठिन हुन सक्छ ।
बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन तत्काल के–कस्ता सावधानी अपनाउनुपर्छ ?
सबैभन्दा पहिले मरेका पशुचौपायाको सुरक्षित र व्यवस्थित गरी व्यवस्थापन गर्नुपर्छ । बाँचिरहेका पशुपन्छीलाई आवश्यकताअनुसार उचित खोप तथा प्राथमिक उपचारको व्यवस्था गर्नुपर्छ । अहिले नेपाल भेटेरिनरी एसोसिएसनलगायत पशु सेवा विभाग तथा पशु कल्याणका क्षेत्रमा काम गर्ने संघ–संस्थाको उपस्थिति प्रभावित क्षेत्रमा देखिनथालेको छ । यी सबै निकायले आपसी सहकार्य र समन्वयमा काम गर्न सकेमा प्रभावित पशुपन्छी तथा समुदायलाई थप प्रभावकारी सेवा उपलब्ध गराउन सकिन्छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाले मरेका पशुचौपाया भेट्दा के गर्नुपर्छ ?
मरेका पशुचौपायालाई आफैँले छोएर वा सारेर व्यवस्थापन गर्नुहुँदैन । त्यस्ता पशुचौपाया भेटिएमा प्रहरी, स्थानीय प्रशासन वा पशु स्वास्थ्यकर्मीलाई तत्काल जानकारी गराउनुपर्छ । नेपाल भेटेरिनरी एसोसिएसनले अहिले ११५९ नम्बरमा निःशुल्क २४ घन्टे हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रभावित क्षेत्रका नागरिक तथा पशुपालकले सो नम्बरमा सम्पर्क गरी मृत पशुचौपायाको व्यवस्थापनसम्बन्धी जानकारी दिन सक्नेछन् । प्राप्त सूचनाका आधारमा सम्बन्धित निकाय तथा प्राविधिक टोलीसँग समन्वय गरी मृत पशुचौपायाको उचित व्यवस्थापनका लागि सहजीकरण गरिनेछ । मरेका पशुचौपायाको व्यवस्थापन गर्दा जैविक सुरक्षाका आवश्यक विधि अवलम्बन गरी सुरक्षित र व्यवस्थित रूपमा मात्र व्यवस्थापन गर्नुपर्छ ।
भेटेरिनरी जनस्वास्थ्य विज्ञ एवं नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठलाई ३ प्रश्न
संविधानविद् भीमार्जुन आचार्यलाई ३ प्रश्न
२ हप्ता अघि
राजनीतिक विश्लेषक दीपेश घिमिरेलाई ३ प्रश्न
४ हप्ता अघि
राजनीतिक विश्लेषक माधव न्यौपानेलाई ३ प्रश्न
३ हप्ता अघि
सुझावित समाचार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलालाई ३ प्रश्न
यसपालि दसैँलक्षित टिकटको अग्रिम बुकिङ कहिलेदेखि खुला गर्दै हुनुहुन्छ ? यसबारे छलफल गर्न मंगलबार (असोज २० गते) यातायात व्यवस्थ…
राजनीतिक विश्लेषक उपप्रा. दीपेश घिमिरेलाई ३ प्रश्न
कांग्रेस महाधिवेशनको राष्ट्रिय राजनीतिमा के महत्व छ ? नेपाली कांग्रेसको महाधिवेशनलाई एउटा राजनीतिक दलको आन्तरिक न…
वीर अस्पतालको टेलिमेडिसिन सेन्टर प्रमुख डा. प्रकाश बुढाथोकीलाई ३ प्रश्न
टेलिमेडिसिन सेवा भनेको के हो ? टेलिमेडिसिन भनेको टेलिफोन तथा भर्चुअल माध्यमबाट प्रवाह हुने स्वास्थ्य सेवा हो । यसमा टे…
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पालाई ३ प्रश्न
नेपालमा मुटुरोगको अवस्था कस्तो छ ? नेपालमा मुटुरोगको अवस्था बिस्तारै भयावह बन्दै गएको छ । यस वर्ष मंगलबार मनाइएको मुटु दिवसक…
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनलाई ३ प्रश्न
दसैँको मुखमा बजारमा मासु र अन्य उपभोग्य वस्तुको मूल्य त निकै बढेको छ नि ? चाडबाडको मुखमा यसरी मूल्य आकासिनुमा सरकारको अक्षमत…
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई ३ प्रश्न
गौरवका आयोजनाको छनोट कसरी हुन्छ ? डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पहिल्यैदेखि अघि बढाइएका र थप केही महत्वपूर्ण ‘…