- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको भदाै १३ गते शनिबारदेखि भदाै १९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यस साता मानसिक संवेदनशीलता बढ्नेछ । अनावश्यक खर्चतर्फ ध्यान जान सक्छ । गोप्य शत्रु वा अफवाहबाट सावधान रहनुपर्नेछ । ध्यान, साधना तथा धार्मिक कार्यले लाभ पुर्याउनेछ । मित्रता र सामाजिक सम्बन्ध सुदृढ हुने समय हो । सहकार्यबाट फाइदा मिल्नेछ । प्रेमसम्बन्धमा मधुरता बढ्नेछ । आम्दानीका नयाँ सम्भावनाबारे सोच विकसित हुने महत्वपूर्ण साता रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ । मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावनासमेत रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) बिहीबारदेखि आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मन पर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनुका साथै प्रशस्त धनआर्जन गर्ने योग छ । सहयोगीहरू जुट्नेछन् । काममा उत्साह थपिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सफलता मिल्ने संकेत देखिएको छ । सेवा र परोपकारबाट मानसिक सन्तुष्टि प्राप्त हुनेछ । स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खानपानको असावधानीले स्वास्थ्यसमेत कमजोर बन्ने देखिन्छ । साताको अन्त्यमा नयाँ सवारीसाधन प्राप्तिको योग छ । मित्रता र प्रेमको बन्धन कसिने वेला छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको सहयोगले महत्वपूर्ण काम बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । सामाजिक काममा संलग्न भएर अरूको मन जित्न सकिनेछ । सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा समय व्यतीत हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताको प्रारम्भ राम्रो रहेकाले चुनौतीलाई किनारा लगाउँदै काम बनाउन सकिनेछ । व्यवसाय, उद्योग तथा सेयरबजारमा सुझबुझका साथ लगानी गरी आम्दानी बढाउन सकिनेछ । कार्यक्षेत्रमा सफलता मिल्ने देखिएको छ । सेवा र परोपकारबाट मानसिक सन्तुष्टि प्राप्त हुनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक देखिन्छ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक वा सामाजिक कामले अवश्यै प्रतिष्ठा दिलाउला । कामको दायित्व पनि थपिएला । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति, नोकरीमा पनि पूर्वार्द्धको समय लाभकारी होला । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । रोकिएको काम बन्न सक्छ । उपलब्धिमूलक यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । भने घर–परिवारका विषयमा चासो बढ्नेछ । भावनात्मक निर्णय गर्दा सचेत रहनुपर्नेछ । घरायसी काममा व्यस्तता रहन सक्छ । कर्मयोगका थप बाटा अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् । प्रतिस्पर्धीलाई उछिन्ने मौका छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खर्चको मात्रा बढ्ला । प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । पारिवारिक जमघटको सम्भावना छ । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम पनि बढेर जाला । आम्दानी पनि बढ्नेछ । तर, सप्ताहान्तमा आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने सम्भावना छ । सानो गल्तीले धोका हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सुरुमा प्रशस्त आम्दानीको योग भए तापनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाला । तापनि तपाईँका वैदेशिक काम अवश्यै बन्नेछन् । आइतबारपछि प्रियजनसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । साताको अन्त्यमा प्रशंसकहरू थपिएर जालान् । काममा पनि उत्साह थपिनेछ । टाढाको यात्रा निकै फलदायी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घर–परिवारका विषयमा चासो बढ्नेछ । भावनात्मक निर्णय गर्दा सचेत रहनुहोस् । घरायसी काममा व्यस्तता रहनुपर्ने योग रहेको छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । यात्रामा विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । भविष्यका लागि लगानीको समय रहेको छ ।