रसुवा बाढीमा परेर सिन्धुपाल्चोकका २२४ सम्पर्कविहीन

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवा बाढीमा परेका सिन्धुपाल्चोकका २२४ जना अझै सम्पर्कविहीन अवस्थामा छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले दिएको जानकारीअनुसार २२४ सिन्धुवासी हालसम्म बेपत्ता छन् ।

कैलाशमान सरोवर जाने विदेशीका गाइड र भरिया, व्यापारी, गोसाईंकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति  र रसुवा भन्सार कार्यालयआसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कमा छैनन् ।

घिमिरेका अनुसार भोटेकोशी गाउँपालिकाका ७०, बाह्रबिसे नगरपालिकाका ५८, बलेफी गाउँपालिकाका ३४, जुगलका १५, सुनकोशीका १४, चौतारा साँगाचोकगढी नगरपालिकाका १२ लिसंखुपाखरका तीन  र अरू स्थानका १८ जनासमेत बेपत्ता छन्।

भोटेकोशीका तीनजना घाइतेलाई काठमाडौं ल्याइएको छ । उद्धारपछि घर फर्कने क्रममा रहेका सिन्धुवासीलाई जिल्लासम्म ल्याउन बाह्रबिसे नगरपालिकाले तीनवटा बस रिजर्भ गरेर गल्छी पठाएको छ । बाह्रबिसे नगरका प्रमुख बालकृष्ण बस्नेत घाइतेलाई सहायता गर्न काठमाडौंको टिचिङ र वीर अस्पताल पुगेका छन् ।

सुझावित समाचार