मंगलबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य तीन हजार दुई सयले बढेको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य आज दुई लाख ७६ हजार २३५ रुपैयाँ कायम भएको छ। सोमबार १० ग्राम सुन दुई लाख ७६ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि मंगलबार घटेको छ। आज चाँदी प्रतितोला चार हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला चार हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ६५ रुपैयाँले घटेको हो।