कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा, एकता र सहकार्य आवश्यक : प्रचण्ड

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण
कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा, एकता र सहकार्य आवश्यक : प्रचण्ड

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्ने दलहरूबिच एकता, मोर्चा वा सहकार्यको विकल्प नरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा प्रचण्डले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकाले सहकार्य गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय स्वाधीनताको विषय संकटबाट गुज्रिरहेको तथा लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरू खोसिने जोखिम बढेको उनको भनाइ थियो। ‘देशमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको दबाब र हस्तक्षेप बढिरहेको छ,’ उनले भने।

यस्तो अवस्थामा विचार मिल्नेहरूको बिचमा पार्टी एकता, सहकार्य वा मोर्चा गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘यति उर्वर रूपमा अघि बढ्दै गरेको कम्युनिस्ट आन्दोलन रक्षात्मक र निकै ठुलो धक्का खाएर संकटमा कसरी आइपुग्यो ? यसको मूल कारणको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा इतिहासले ल्याइपुर्याएको छ।’

सुझावित समाचार