पहिरोले घर पुर्दा रोल्पामा एक वृद्धाको मृत्यु भएको छ । आइतबार बिहान करिब ३ बजेतिर घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा लुङ्ग्री गाउँपालिका- ५, धैरेनीकी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए ।
गुरुङ आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासि घरमाथिबाट पहिरो गई घर पुरिँदा च्यापिएर मृत्यु भएको प्रहरीको भनाइ छ ।