सर्पले टोकेर एकजनाकाे मृत्यु

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

सर्पले टोकेर एकजनाको मृत्यु भएको छ। सुर्खेत चौकुने गाउँपालिका– १०, चालिखे बस्ने वर्ष ५८ का देउमा कामीको सर्पले टोकेर मृत्यु भएको हो ।

बुधबार बिहान भाँडा माझ्ने क्रममा  कामीकाे दायाँ हातको चोरऔँलामा सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कामीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ल्याइएको र डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

See More On

सुझावित समाचार