मेष : यो साता मानप्रतिष्ठा र सामाजिक कार्यमा संलग्न हुनेपर्नेछ । व्यावसायिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ । धार्मिक यात्राको योगसँगै मनोरञ्जन गर्ने अवसर जुर्नेछ । कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यावहारिक रूपमा फाइदा पुग्नेछ । बुधबार र बिहीबार छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय व्यहोर्नुपर्छ ।
वृष : प्रतिस्पर्धीहरूमाथि विजयप्राप्त हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ योग रहेको छ ।आफ्नो व्यवसाय विस्तार गर्न नयाँ सम्पर्क र व्यावसायिक सम्बन्ध बढाउनुपर्ने देखिन्छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । साताको अन्त्यमा अभिभावकवर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नुपर्छ ।
मिथुन : रोकिएको काम बनेको समाचार सुन्न पाउनुहुनेछ । नोकरीमा परिवर्तनले तपाईँका लागि नयाँ अवसर ल्याउन सक्छ । आम्दानीमा एकभन्दा बढी स्रोतले तपाईँको आर्थिक अवस्था अझ सुदृढ बनाउनेछन् । आफन्त वा साथीभाइले निःस्वार्थ भावले सहयोग गर्नेछन् । साताको अन्त्यमा व्यवसायीहरूलाई अप्रत्याशित रूपमा व्यापारमा लाभ प्राप्त हुन सक्छ ।
कर्कट : नयाँ सम्झौता वा व्यापारिक अवसरप्राप्तिका योग छ । जागिरेवर्गका व्यक्तिहरूले भने कार्यक्षेत्रमा अहंकारमा आएर कुनै किसिमको राजनीति नगर्नुहोला, अन्यथा तपाईँको जागिर नै जोखिममा पर्न सक्छ । आर्थिक स्थिति राम्रो रहनेछ । पारिवारिक जीवन सामान्य रहनेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
सिंह : प्रशासनिक तथा राज्यपक्षबाट हुने काममा सफलता मिल्नेछ । यश सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । वैवाहिक जीवनमा प्रेम, आत्मीयता र समझदारी बढ्नेछ । जीवनसाथीलाई खुसी बनाउन विशेष प्रयास गर्नुहुनेछ । तपाईँको सानो प्रयासले पनि जीवनसाथीको मन जित्न सक्नेछ । साताको अन्त्यमा अचानक धनलाभ तथा नयाँ अवसरप्राप्त हुने योग छ ।
कन्या : व्यापारिक क्षेत्रमा प्रभावशाली तथा अनुभवी व्यक्तिसँगको भेटघाटले नयाँ अवसरका ढोका खोल्नेछ । जागिरेवर्गका लागि कामका सिलसिलामा हुने विशेष यात्रा उपलब्धिमूलक रहनेछ । शिक्षातर्फ अध्ययन, अनुसन्धान तथा सिर्जनात्मक कार्यमा उत्कृष्ट प्रगति हुनेछ । मिहिनेत र लगनशीलताको राम्रो प्रतिफल मिल्नुका साथै नयाँ उपलब्धि हासिल गर्ने अवसर प्राप्त हुनेछ ।
तुला : नयाँ ज्ञान, अध्ययन र सहयोग प्राप्त हुने योग छ । साझेदारी, सट्टापट्टा तथा जुवाजन्य गतिविधिबाट टाढा रहनुहोस् । प्रेमसम्बन्धमा मिठास बढ्नेछ । जोशजाँगर बढ्नुका साथै आम्दानीमा सुधार र शुभसमाचार प्राप्त हुने योग रहेको छ । प्रेमसम्बन्धमा कुनै भ्रम वा गलत बुझाइका कारण दरार आउन सक्छ । आपसमा खुलेर संवाद गरी समस्या समाधान गर्ने प्रयास गर्नुहोस् ।
वृश्चिक : नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । पढाइमा प्रगति हुनेछ । परिश्रम परे पनि काममा सफलता मिल्नेछ । मंगलमय कार्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । प्रेमी–प्रेमिकालाई पर्याप्त समय दिन नसक्दा सम्बन्धमा केही दूरी आउन सक्छ ।
धनु : धनधान्य र सुखसमृद्धि जुटाउन मद्दत मिल्ने समय छ । यस अवधिमा विभिन्न जिम्मेवारी बहन गर्नुपर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावकवर्गसँगको सम्बन्धमा सुधार आउनेछ । ढिलै भए पनि तपाईँले भने जसरी नै काम सम्पन्न हुनेछ । बुधबार र बिहीबार घरायसी समस्या उत्पन्न हुनेछ ।
मकर : कार्यक्षेत्रमा तपाईँको आत्मविश्वास र स्वतन्त्र सोचले कठिन जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सहयोग गर्नेछ । परिवारको साथले मानसिक तनाव कम गर्नुका साथै मनमा खुसी ल्याउनेछ । कार्यमा सकारात्मक परिवर्तनको अनुभूति गराउनेछ । आर्थिक मामिलामा जोखिम लिनुभन्दा सोचविचार गरेर निर्णय गर्नु उचित हुनेछ । प्रेमसम्बन्धमा धैर्य र समझदारी कायम राख्नुहोस् ।
कुम्भ: नियमित व्यायाम तथा शारीरिक गतिविधिले ऊर्जा र तन्दुरुस्ती बढाउनेछ । पारिवारिक विषयमा ज्येष्ठ व्यक्तिको सल्लाह लाभदायक रहनेछ । प्रेमसम्बन्धमा आपसी समझदारी र समान सोचले आत्मीयता बढाउनेछ । सम्पत्ति बिक्रीसम्बन्धी काममा सही योजना बनाए लाभ प्राप्त गर्न सकिनेछ । आध्यात्मिक गतिविधि र आत्मचिन्तनका लागि समयअनुकूल रहनेछ ।
मीन : लक्ष्यप्रति प्रतिबद्धता र निरन्तर प्रयासले तपाईँलाई सफलताको शिखरतर्फ अघि बढाउनेछ । खानपानमा अनुशासन कायम राख्दा स्वास्थ्यमा उल्लेखनीय सुधार देखिनेछ । कार्यक्षेत्रमा गरेको मिहिनेतको उचित आर्थिक प्रतिफल मिल्नुका साथै प्रगतिको नयाँ बाटो खुल्नेछ । सिर्जनात्मक सोचका साथ अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्न भाग्यको साथ मिल्नेछ ।