संखुवासभाको मकालुमा सिमली खोलाले बगाउँदा एकजना बेपत्ता

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

संखुवासभाको मकालु गाउँपालिका– ५, फाकफुक भन्ने ठाउँमा सिमली खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी नगरपालिका– १० निवासी २८ वर्षीय स्वागत निरौला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए ।

उनका अनुसार, गएराति (बुधबार) ९ बजेतिर खाना खाएर सुत्ने ठाउँमा फर्किने क्रममा सिमली खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता निरौलासँग अन्य दुईजना कर्मचारी साथीहरू पनि थिए ।

घटनापछि हेदाङनागढीबाट प्रहरी निरिक्षक वीरेन्द्र थापा नेतृत्वको प्रहरी टोली पुगी स्थानीयहरूले खोजी गरिरहेकाे छ । 
निरौला इदुवा हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत थिए। निरौलाको खोजी जारी रहेको छ । निरौलासँगै साथीहरूसँग सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार