सिद्धार्थ बैंकको खुद नाफा साढे तीन अर्ब नाघ्यो

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

यसअनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र व्यापार विस्तारमा वृद्धि देखिएको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा तीन अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तीन अर्ब ३६ करोड ६५ लाख रुपैयाँको तुलनामा ४.५४ प्रतिशतको वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको आठ अर्ब ४३ करोड रुपैयाँबाट बढेर नाै अर्ब पाँच करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, फी तथा कमिसन आम्दानी पनि एक अर्ब ५८ करोड रुपैयाँबाट बढेर एक अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यसैगरी सञ्चालन नाफा अघिल्लो वर्षको चार अर्ब ९७ करोड रुपैयाँबाट बढेर पाँच अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको नियमअनुसार नियमनकारी समायोजन र साबिकको सञ्चित नाफा समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा एक अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ रहेको छ। साधारण सेयरधनीहरूका लागि बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको छ। 

बैंकको वासलात आकार तन खर्ब ८९ अर्ब रुपैयाँ नाघेको छ। बैंकको साधारण चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार र अविमोच्य असञ्चिति अग्राधिकार सेयर तीन अर्ब ५० करोड रुपैयाँ गरी कुल चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष १८ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

बैंकको निक्षेप दुई खर्ब ८० अर्ब ३२ करोड रुपैयाँबाट बढेर तीन खर्ब २७ अर्ब एक करोड रुपैयाँ पुगेको छ भने ग्राहकलाई प्रवाह गरिएको कर्जा दुई खर्ब १४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर दुई खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति तीन खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर तीन खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ।

सुझावित समाचार