साउन १६ देखि २२ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको साउन १६ गते शनिबारदेखि साउन २२ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सवारीसाधन खरिद वा सेयर बजारमा लगानी गर्दा आर्थिक नोक्सानी हुन सक्ने सम्भावना भएकाले सतर्क रहनुहोस् । बिहीबारदेखि व्यवसायीहरूलाई अप्रत्याशित रूपमा व्यापारमा लाभ प्राप्त हुन सक्छ । जागिर गर्नेहरूले वरिष्ठ अधिकारीहरूसँग राम्रो सम्बन्ध कायम राख्ने प्रयास गर्नु उचित हुनेछ । सरकारी निकायसँग कुनै विवादमा नपर्नु नै हितकर रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आर्थिक अभावको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । प्रेम सम्बन्धमा विशेष सावधानी अपनाउनु आवश्यक छ । तपाईँले आफ्नो प्रिय साथीप्रति अनावश्यक शंका गर्न सक्नुहुन्छ, जसले सम्बन्धमा दरार ल्याउन सक्छ । साताको अन्त्यमा प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । इष्टदेवको पूजा उपासना गरी अगाडि बड्दा फइदा हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । व्यवसाय विस्तार गर्न नयाँ सम्पर्क बढाउनुपर्ने देखिन्छ । अध्ययनप्रति विशेष ध्यान दिनुपर्छ । त्यसैले नियमित मिहिनेत र एकाग्रताका साथ अध्ययन गर्नु आवश्यक हुनेछ । वैवाहिक जीवन भने सुखद रहनेछ । जीवनसाथीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ र पुराना मनमुटाव तथा तिक्तता क्रमशः कम हुँदै जाने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साताको प्रारम्भबाटै आर्थिक पक्षका दृष्टिले यो समय तपाईँका लागि अनुकूल रहनेछ । विशेष गरी सेयर बजारमा गरिएको लगानीबाट राम्रो लाभ प्राप्त हुने सम्भावना छ । व्यापार गर्नेहरूलाई व्यवसायमा उल्लेखनीय सफलता र आर्थिक लाभ मिल्ने योग रहेको छ । कार्यक्षेत्रमा प्रगति गर्ने तथा नयाँ अवसर प्राप्त गर्ने सम्भावना देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार गर्नेहरूलाई व्यवसायको सिलसिलामा केही नयाँ यात्रा गर्नुपर्ने हुन सक्छ । अभिभावकवर्ग, गुरुजन र ठुलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । प्रिय व्यक्ति पुनः फर्किएर आउन सक्ने सम्भावना छ । जीवनमा नयाँ उमंग र सकारात्मकता ल्याउनेछ । उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि समय अनुकूल रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यवसायको सिलसिलामा केही नयाँ यात्रा गर्नुपर्ने हुन सक्छ । कार्यक्षेत्रमा कडा मिहिनेत गर्नुपर्नेछ । पदोन्नति तथा प्रगतिका अवसर प्राप्त हुने योग परेको छ । अरूको मन जित्न सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योगरहेको छ । इमान्दारिताको प्रशंसा गर्नेको कमिनहोला । पुरानो विवाद वा मनमुटाव पुनः बल्झिन नदिनु नै हितकर हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रशंसनीय कार्य गर्ने अवसर प्राप्त हुनेछ । भाग्यले पूर्ण साथ नदिए पनि कर्मबल बलियो रहने भएकाले आफ्नै मिहिनेत र लगनका कारण आम्दानीका नयाँ–नयाँ स्रोतहरू विस्तार हुँदै जानेछन् । आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुने भएकाले प्रतिष्ठित तथा प्रझावशाली व्यक्तित्वहरूसँग अन्तर्त्रिया गर्ने अवसर मिल्नेछ र उनीहरूबाट सम्मान तथा प्रशंसाप्राप्त हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेमी–प्रेमिकाबिचको सम्बन्ध अझ प्रगाढ बन्नेछ भने अविवाहितहरूका लागि नयाँ सम्बन्धको सुरुवात हुने सम्भावना पनि देखिन्छ । सामान्य विवादले केही समय ठुलो रूप लिन सक्ने संकेत भए पनि अन्ततः विजय तपाईँको नै हुनेछ । उच्च शिक्षाको तयारी गरिरहेका वा प्रतियोगी परीक्षामा सहभागी हुनेहरूका लागि पनि समय उत्साहजनक रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) शिक्षा तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने योग छ । विद्यार्थीहरूले अध्ययनमा राम्रो उपलब्धि हासिल गर्नेछन् भने प्रतियोगी परीक्षा तथा उच्च शिक्षाको तयारी गरिरहेकाहरूका लागि समय उत्साहजनक रहनेछ ।व्यापार–व्यवसायमा लाभ प्राप्त हुने सम्भावना छ । वैदेशिक यात्राका लागि गरिएको प्रयास सफल हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) व्यापार तथा उद्योग–व्यवसायबाट राम्रो लाभ प्राप्त हुने योग छ । वैदेशिक यात्रा वा विदेशसँग सम्बन्धित कार्यका लागि समय अत्यन्त अनुकूल रहनेछ । विदेश जाने प्रयास गरिरहनुभएको छ भने त्यसमा सफलता प्राप्त हुने बलियो सम्भावना देखिन्छ । आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा सानातिना घरेलु समस्यामा अल्झिनुपर्ने अवस्था आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साता तपाईँको वैचारिक क्षमता उल्लेखनीय रूपमा बढ्नेछ । समाजमा मानसम्मान प्राप्त हुने सम्भावना छ । तपाईँको बोलीकै प्रभावले महत्वपूर्ण काम सहज रूपमा सम्पन्न हुने संकेत देखिन्छ । व्यवसाय तथा पेसाबाट राम्रो लाभ प्राप्त हुने योग रहेको छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै सफलता हात पार्ने अवसर प्राप्त हुनेछ । सप्ताहान्ततिर परिस्थितिमा सुधार आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप नै फइदा लिन सकिनेछ । बुधबारदेखि पठनपाठनमा सोचेअनुसार नै प्रगति हुनेछ, आफन्तबाट सहयोग मिल्नेछ । रोकिएका काम सुचारु हुनुका साथै गुमेको धनसमेत हातलाग्ने योग छ । प्रतिस्पर्धिहरू स्वतःपरास्त हुनेछन् । प्रेम सम्बन्धमा आपसी विश्वास र आत्मीयता बढ्नेछ । 

See More On

सुझावित समाचार