सुनचाँदीको मूल्य बढ्यो

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा पाँच हजार चार सय रुपैयाँले बढेर आज प्रतितोलासुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँ रहेको थियो। 

त्यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला चार हजार ३७० रुपैयाँ रहेको थियो।

यसअनुसार चाँदीको मूल्य आज प्रतितोला ११० रुपैयाँले बढेको हो।

सुझावित समाचार