गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

नगर प्रहरीको ज्यादतीका कारण आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरपालिकाले सहयोग गर्ने भएको छ । परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

घटनामा महानगरपालिकाले गल्ती भने स्वीकार गरेको छैन । छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरु चालिने उल्लेख छ । 

सुझावित समाचार