विपक्षी दललाई गृहमन्त्रीको प्रश्न– प्रदेश र स्थानीय सरकारमा को छ ?

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण
विपक्षी दललाई गृहमन्त्रीको प्रश्न– प्रदेश र स्थानीय सरकारमा को छ ?

फाइल तस्बिर

गृहमन्त्री सुधन गुरुङले प्रदेश र स्थानीय सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी नरहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठमा बोल्दै गृहमन्त्री गुरुङले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको मोटरसाइकलको ह्विल लक नगर प्रहरीले गरेको बताए। 

‘जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले ह्विल लक लगाएको ? नगर प्रहरीले  लगाएको छ,’ उनले भने, ‘म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु– स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ।’

गृहमन्त्रीले पुराना दलकै सरकारले बनाएको कानुन आफूहरूले कार्यान्वयन गरिरहेको स्पष्टीकरण दिए। उनले थपे, ‘यो नियम–कानुन हामीले बनाएको हो ? तपाईंहरूले बनाएर कार्यान्वयन गर्न नसकेर हामीले कार्यान्वयन गरेर देखाएको हो। त्यही नियम–कानुनमा टेकेको हो हामीले।’

सुझावित समाचार