संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ जारी

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया जारी छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा तथा गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।

प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।

सुझावित समाचार