क्वार्टरफाइनलमा नर्वेको प्रतिद्वन्द्वी इंग्ल्यान्ड

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलमा नर्वेले युरोपियन प्रतिद्वन्द्वी इंग्ल्यान्डको सामना गर्ने भएको छ । यी दुई टोलीबिचको प्रतिस्पर्धा आगामी शनिबार मियामी रंगशालामा हुनेछ ।

१० खेलाडीमा सीमित भएको इंग्ल्यान्डले सोमबार बिहान सहआयोजक मेक्सिकोलाई ३–२ को रोमाञ्चक गोलअन्तरमा हराउँदै नर्वेसँगको भेट पक्का गरेको हो ।

मेक्सिकोको ४० वर्षयताकै उत्कृष्ट विश्वकप यात्रा पनि सकिएको छ । दोस्रो हाफमा जारेल क्वान्साह भिएआर समीक्षापछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो । 

सुझावित समाचार