एन्फा पदाधिकारीको वैदेशिक यात्रामा अवरोध नगर्न उच्च अदालतकाे अन्तरिम आदेश

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न अन्तरिम आदेश दिएको छ।

पंकजविक्रम नेम्वाङले दायर गरेको रिटमा न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरिदिएको हो। राष्ट्रिय खेलकुद परिषद्ले ०८२ चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो। तर, ०८३ जेठ १ मा पुनः निलम्बन फुकुवा भएको उल्लेख गर्दै अदालतले यस्तो आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघका अध्यक्ष, महासचिवलगायत अन्य पदाधिकारी तथा सदस्यहरूलाई अन्तर्राष्ट्रिय सहभागिता, (वैदेशिक भ्रमण) रोक्का गरिदिनका लागि नेपाल सरकार गृह मन्त्रालय, अध्यागमन विभागमा तहाँबाट पत्राचार हुन भनी युवा तथा खेलकुद मन्त्रालयलाई राष्ट्रिय खेलकुद परिषद्ले ०८३ वैशाख ८ मा लेखेको पत्रलगायत तदुपरान्त विभिन्न निकायहरूमा भएका पत्राचारहरू तत्काल कार्यान्वयन नगरी यात्रामा अवरोध नगर्नू।’ 

See More On

सुझावित समाचार