- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ ३० गते शनिबारदेखि असार ५गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा पूरा गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । शुक्रबारदेखि भने अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ । रोकिएका काम बन्नेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । बिहीबारदेखि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने वेला छ । पठनपाठनमा प्रगति हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ । व्यवसायबाट लाभ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । बुधबारदेखि वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । आम्दानी बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय उत्साहवर्द्धक रहला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । पितृधन समेत लाभ होला । कृषि तथा पशुपालनमा न्यून र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । दाम, नाम, इनाम हात पर्ने वेला छ । श्रमको उचित मूल्यांकन होला । साताको अन्त्यमा नयाँ काम सुरु गर्ने मौका छ । मानसम्मान पाइनुका साथै प्रशस्त धन आर्जन गर्ने योग छ । काममा उत्साह थपिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट पनि लाभ मिल्नेछ । अरूका जिम्मेवारी वहन गर्नुपर्ला । शासक वर्ग वा प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । व्यापार–व्यवसायमा भने फाइदाको योग छ । मनपर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रम परे पनि काममा सफलता मिल्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । भाग्योन्नतिको समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला । सवारीमा पनि सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सहयोगीहरू जुटाउन निकै प्रयत्न गर्नुपर्ला । स्थान परिवर्तन वा टाढाको यात्रा सम्भावित छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारीसाधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर पाइएला । व्यापार–व्यवसायमा राम्रो लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । अनावश्यक शंका जाग्ने र आत्मीय सम्बन्धमा कमी आउने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीसमेत सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । वैदेशिक यात्रामा पनि फाइदा होला । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ । बिहीबारदेखि व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रयत्न गर्दा उपलब्धि राम्रै पाइनेछ । सुखद समाचारले उत्साह बढ्नेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा न्यून र पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । साताको अन्त्यमा प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आफन्तबिच आत्मीयतामा केही कमी आउन सक्छ । तर, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलदायी । काममा मातापिताको सहयोग प्राप्त होला । कृषिकर्मबाट लाभ मिल्नेछ । बिहीबारदेखि नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ । मातृधन, पशुधन र जमिनबाट राम्रो फाइदा उठाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । साताको अन्त्यमा कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ ।