तनहुँकाे व्यास नगरपालिका– १२, देउरालीस्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
मंगलबार करिब १ बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बिआर बिआर १० एबी ७७३९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ। दुर्घटनामा कारमा सवार पाँचजनामध्ये तीनजना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।
घाइतेहरूमा भारत बिहार राज्य मधुबनीकी ३७ वर्षीया आशा देवी, सोही स्थानकी ४० वर्षीया मनिका देवी र कारचालक भारत बिहार भागलपुरका २८ वर्षीय सोनु रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।