भारत र अमेरिकाबिच ‘रेअर अर्थ’ खनिज सम्झौता

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

भारत र अमेरिकाले ‘क्रिटिकल’ खनिज र रेअर अर्थ खनिजको आपूर्ति सुरक्षित गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यसमा खानी उत्खनन र प्रशोधन दुवै समावेश भएको उल्लेख गरिएको छ ।

भर्खरै सम्पन्न अमेरिकी विदेशमन्त्री रुबियोको चारदिने भारत भ्रमणको क्रममा मंगलबार भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरसँग बसेर सम्झौतालाई अन्तिम रूप दिइएको थियो ।

आफ्नो भारत भ्रमणको अन्तिम दिन रुबियोले मंगलबार नयाँदिल्लीमा अनौपचारिक क्वाड सुरक्षा फोरम (अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित समूह)का विदेशमन्त्रीहरूको बैठकमा भाग लिएका थिए । 

See More On

सुझावित समाचार