प्रधानन्यायाधीश सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ भोलि मंगलबार हुने भएको छ।
शर्माविरुद्ध परेका उजुरीहरू मंगलबार ९ः४५ बजे बस्ने समितिको बैठकमा खोलेपछि अध्ययनका लागि सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि भोलि नै समितिमा सुनुवाइ हुने भएको हो।
शर्माविरुद्ध १६ वटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरेकामा सोमबार कार्यालय समयभित्र १६ वटा उजुरी परेको हो।
संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।36.