स्मार्ट टेलिकमको अनियमितता प्रकरणमा थप दुई पक्राउ

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

स्मार्ट टेलिकमको उपकरण लिलामी गरी हिनामिना गरिएको घटनामा थप दुई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरकी ५५ वर्षीया पलिना श्रेष्ठ र धापासीका ६२ वर्षीय नरेन्द्र उलकलाई पक्राउ गरेको हो। 

यस प्रकरणमा यसअघि सिआइबीले स्मार्ट टेलिकमका पूर्वसञ्चालक सर्वेश जोशीलाई पक्राउ गरिसकेको छ। उनीहरूविरुद्ध ठगी र आपराधिक लाभ मुद्दामा कारबाही प्रक्रिया अघि बढेको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए । 

खारेज भइसकेपछि स्मार्ट टेलिकमको सम्पत्ति सरकारको हुनुपर्नेमा गैरकानुनी रूपमा लिलामी गरेको विषयमा सिआइबीले छानबिन गरेको हो। 

सुझावित समाचार