संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरूद्ध उजुरी आह्वान गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर ४ जेठसम्म उजुरी बुझाउन आह्वान गरेको हो। उजुरी सिडिओ कार्यालयमार्फत पनि बुझाउन सकिनेछ।
संवैधानिक परिषद्ले बिहीबार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।