सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्न सिफारिस

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको सातौँ अधिवेशन आह्वानको सिफारिस गरेको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख नजिर मियाँसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चैत्र २४ गते मंगलबार अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष बिहीबार सिफारिस गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रदेश सभाको छैटाैँ अधिवेशन गत २५ माघमा अन्त्य भएको थियो। जेन-जी आन्दोलनपछि प्रदेश सभा निष्क्रियजस्तै छ।

सुझावित समाचार