प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारका दुवै खेल वर्षाका कारण रद्द भएका छन् । शनिबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा तय भएको कोशी तथा मधेश प्रदेशको खेल टससमेत हुन सकेन । खेल नहुँदा दुवै टोलीले अंक बाँडेका छन् । उता, विरगञ्जको टिबी साह क्रिकेट मैदानमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबिचको खेल वर्षाका कारणले बिचमै रोकिएको थियो ।
लुम्बिनीले टस जितेर बलिङ रोज्यो । सुरुमा ब्याटिङ गरेको कर्णालीले ७ ओभरमा २० रन बनाएको अबस्थामा खेल रोकिएको थियो । खेल पुन: सुचारु हुन नसक्दा दुवै टोली समान १ अंक बाडेका थिए । प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरी जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनलसहित ४६ खेल आयोजना हुँदैछ न । लिग चरणमा सबै टोलीले एकआपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हँुदै छन् । काठमाडौंको माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनलसहितका अन्य खेल मधेश प्रदेशको पर्सा र जनकपुरमा हुँदै छ । प्रतियोगिताको विजेताले १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।