तीन ब्रोकरलाई एक करोड जरिवाना

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन ब्रोकर कम्पनीलाई एक करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ । सेबोनले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको उल्लंघन गरेको भन्दै सिप्ला सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियललाई जरिवाना गरेको हो । 

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसारको व्यवस्था उल्लंघन गरेको भन्दै सिप्ला सेक्युरिटिज लिमिटेडलाई ५० लाख, श्रीकृष्ण सेक्युरिटिज लिमिटेडलाई ३० लाख र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई ३० लाख जरिवाना तोकेको सेबोनले जनाएको छ । 

See More On

सुझावित समाचार