राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भुटानसँग अझै सुन्दर र बलियो सम्बन्ध बनाउन चाहेको बताएका छन्। भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले सामाजिक सञ्जाल एक्समार्फत दिएको बधाईमा प्रतिक्रिया जनाउँदै उनले यस्तो बताएका हुन्।
तोब्गेले हालै सम्पन्न निर्वाचनमा विजय प्राप्त गरेकोेमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई बधाई दिँदै आगामी दिनमा दुई देशबिच अझै न्यानो सम्बन्धको अपेक्षा गरेको बताएका छन्।
Looking forward to a beautiful and stronger relationship with such a beautiful country, Bhutan! ???? Hon'ble @tsheringtobgay
— Balen Shah (@ShahBalen) March 10, 2026