झापा ५ मा तीन हजार मत गन्न बाँकी, निर्वाचन अधिकृतको कार्यालय पुगे बालेन शाह

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

झापा ५ मा मतगणना अन्तिम चरणमा पुगको छ। केही समयै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ।

कार्यालयका अनुसार हालसम्म एक लाख ३ हजार ३७५ मत गणना सकिएको छ। यहाँ बालेन शाहले ६६ हजार दुई सय मत पाएका छन् भने केपी शर्मा ओेलीको १८ हजार ९५ मत छ। अब २९९७ मत गन्न बाँकी छ। 
प्रमाणपत्र लिनका लागि रास्वपाका बालेन शाह निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। यहाँ ठुलो संख्यामा रास्वपाका समर्थकहरू पनि जम्मा भएका छन्। ठुलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। 
यहाँ करिब ५० हजार मतान्तरसहित बालेनले जित्ने देखिएको छ।  

See More On

सुझावित समाचार