झापा ५ मा मतगणना सुस्त

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

इलेक्सन इपिसेन्टर मानिएको झापा ५ मा मतगणना सुस्त भएको छ। पछिल्लो ९ घण्टामा नाै हजार ४१२ मत मात्र गणना भएको छ। एक लाख ६ हजार ३७२ मत खसेको यो क्षेत्रमा मतगणना सुस्त भएको हो।

बिहान ३ बजेबाट गणना सुरु भए पनि मतगणनाले गति लिन सकेको छैन। हालसम्म दुई स्थानबाट मात्र गणना भइरहेको छ। झापालाई इलेक्सन इपिसेन्टर भनेर संवेदनशील बनाइँदा गणना ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताए। 

उनले शनिबार साँझसम्म मत परिणाम दिइसक्ने योजना रहेको बताए। ‘इपिसेन्टर भनेर बढी संवेदनशील बनाइयो। तसर्थ हामी पनि निकै सोचेर सचेत हुनुपर्ने अवस्था आयो। यसका कारण ढिलाइ हुन पुग्यो,’ उनले भने, ‘अहिले दुई स्थानबाट गणना भइरहेको छ। पाँच स्थानबाट गर्ने तयारी छ । दलहरूले प्रतिनिधि पठाएमा गर्छौँ । त्यसका लागि राजनीतिक दलहरूसँग छलफल भइरहेको छ।’

See More On

सुझावित समाचार