सल्यानमा २० प्रतिशत मत खस्यो

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

जिल्लामा १२ बजेसम्म २० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १२ बजेसम्म २०.७५ प्रतिशत अर्थात् ३३ हजार ७१० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार सबैभन्दा धेरी शारदा नगरपालिकामा ३२.१९ अर्थात सात हजार ९९४ मत खसेको छ । बागचौर नगरपालिकामा ६ हजार, बनगाड कुपिन्डे नगरपालिकामा दुई हजार ९६२, दार्मा गाउँपालिकामा एक हजार ४३, त्रिवेणी गाउँपालिकामा दुई हजार ५५१, सिद्ध कुमाख गाउँपालिकामा एक हजार ९८१ मत खसेको छ । यस्तै, छत्रेश्वरी गाउँपालिकामा तीन हजार १५०, कालीमाटी गाउँपालिकामा तीन हजार ७९० र कपुरकोट गाउँपालिकामा दुई हजार ७०४ मत खसेको छ । 

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा भइरहेको जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकृत धीरेन्द्र भण्डारीले बताए । सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ११७ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिएको छ । यसपटकको निर्वाचनका लागि एक लाख ६२ हजार ४४९ मतदाताले आफ्नो अमूल्य मत हाल्नेछन् । 

सुझावित समाचार