निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का क्रममा बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेको छ। आयोगले झन्डा वा चुनाव चिह्न बोकाउने, र्याली, सांस्कृतिक कार्यक्रम, लोगोयुक्त भेस्ट/टिसर्ट लगाउनेजस्ता गतिविधिमा बालबालिकाको संलग्नता नगर्न आग्रह गरेको हो।

विद्यालय समयमा विद्यालय आसपास चुनावी कार्यक्रम गर्दा पढाइमा असर परेको गुनासो आएको भन्दै आयोगले यस्तो कार्य रोक्न चेतावनी दिएको छ। निर्वाचन आचारसंहिता, २०८२ अनुसार बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था छ र उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने जनाएको छ।

सुझावित समाचार