जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ दिएको छ। टोकियोमा मंगलबार आयोजित कार्यक्रममा सम्मानस्वरूप उनलाई गार्ड अफ अनर दिइएको छ।
नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा राष्ट्रपति पौडेलले जापान भ्रमण गरेका हुन्। मंगलबार नै उनले जापानकी प्रधानमन्त्री सनाए ताकाइचीसँग शिष्टाचार भेट गरेका छन्। भेटमा द्विपक्षीय हितका विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेल बुधबार जापानबाट फर्कने कार्यतालिका छ।