बर्दियामा मृत अवस्थामा चितुवा फेला

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

बर्दियामा मृत अवस्थामा चितुवाको फेला परेको छ। राजापुर नगरपालिका- ४ मा रहेको डाँफे सामुदायिक वनमा  मृत अवस्थामा चितुवा फेला परेको हो। करिब तीन वर्षको पोथी चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए।

उनले भने, ‘स्थानीयले मृत अवस्था चितुवा रहेको जानकारी गराएपछि चिकित्सककाे टिम पोस्टमार्टमको लागि घटनास्थल गएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि चितुवाको मृत्युको बारेमा थाहा हुन्छ।’ 

चितुवाको टाउको र गर्धनमा चोट लागेको छ। दुईवटा चितुवा एकआपसमा जुधेर मरेको हुन सक्ने पोस्टमार्टममा सहभागी भएका एक चिकित्सक जानकारी दिए।
 

सुझावित समाचार