दुर्घटनाग्रस्त अवस्थाबाट देशलाई पार लगाउन अहिलेको निर्वाचन : प्रचण्ड

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन असाधारण परिस्थितमा हुन लागेको बताएका छन्। शनिबार सोलुखुम्बुका पार्टी कार्यकर्तासँग काठमाडाैंंको एक कार्यक्रममा उनले असाधारण परिस्थितिमा आइलागेको निर्वाचनबाट दुर्घटनाग्रस्त देशलाई पार लगाउन सबैले साथ र सहयोग गरेकोमा धन्यवाद दिए।

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि देश संकटमा गएको र त्यसलाई पार लगाउने एक मात्र उपाय निर्वाचन नै भएको उनको ठहर छ। अन्य पार्टीहरूले निर्वाचन गराउन हुँदैन भनेर अनेक तर्क गरे पनि आफ्नो पार्टीले जसरी पनि निर्वाचन गर्नुपर्छ भनेर लागिपरेको बताए।

निर्वाचन प्रक्रियालाई अगाडि बढाउन र राष्ट्रमा नयाँ शक्ति र नयाँ एकताको आवश्यकतालाई मध्यनगर गर्दै नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गरे। अहिले पार्टीभित्र २३ घटकहरू एक ठाउँमा आएको बताए। यसले वैदेशिक चलखेल राेक्न मद्दत पुग्ने उनको दाबी छ। 

See More On

सुझावित समाचार