दश वर्षपछि प्रबलीकरण हुँदै छ बागदरबार

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

०७२ को भूकम्पमा क्षतिग्रस्त सुन्धारास्थित ऐतिहासिक बागदरबारको प्रबलीकरण दश वर्षपछि सुरु भएको छ । १५ दिनअघि काठमाडौं महानगरले आफ्नै बजेटमा तीनतले दरबारको प्रबलीकरण सुरु गरेको हो ।

सार्वजनिक निर्माण विभाग प्रमुख सुरेश राईका अनुसार प्रबलीकरण कार्य ७५ करोड लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ । भूकम्पले भवनमा व्यापक क्षति पुर्याएको र अधिकांश काठ प्रयोगयोग्य नभएको परीक्षणले देखाएको छ ।

पुरानो काठ हटाएर अग्राखको काठ राखिनेछ । भवनलाई बलियो बनाउन गारो र थामनजिकै कार्बन–फाइबरको दलिन राखिनेछ । हाल बाहिरी प्लास्टर उप्काएर काठ र दलिन राख्ने काम भइरहेको छ ।

त्यसपछि चुना–सुर्कीको मसला बनाएर भित्तामा पुन: प्लास्टर गरिनेछ । यसअघि स्थानीय तह र पुरातŒव विभागबिच मतभेदले भवन अलपत्र थियो । प्रबलीकरणबाटै भवन पुरानै अवस्थामा फर्कन सक्ने अध्ययनको निष्कर्ष थियो । 

सुझावित समाचार