नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिद, बेपत्ता, घाइते र जेलनेल भोगेकाहरूको सम्मानका लागि आफू रुकुम पूर्वबाट निर्वाचन लड्न आएको बताएका छन् ।
शुक्रबार एक कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धको केन्द्रीय आधार इलाका रुकुम पनि भएकाले यसको विकास र विस्तारका लागि आफूले महत्त्वपूर्ण ठानेको उल्लेख गरे । पूर्वी रुकुमका जनता र कार्यकर्ताको चाहनालाई आफूले सम्बोधन गरेको बताए ।