नयाँ जेलेन्स्की जन्माउन निर्वाचन भइरहेको छ : शंकर पोखरेल

जेन–जी आन्दोलनकै कारण कारण मुलुक प्रतिगमनतर्फ गएको उनको ठहर

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा नयाँ जेलेन्स्की जन्माउने रणनीतिअनुसार निर्वाचन भइरहेको आरोप लगाएका छन् । शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भदौ २३ र २४ गतेको जेन–जीको आकांक्षा र भावनामाथि खेलेर उनीहरूको आन्दोलनलाई अपहरण गरी मुलुकलाई गम्भीर भूराजनीतिक द्वन्द्वको चक्रव्युहमा पार्न घटना घटाइएको आरोप लगाए ।

जेन–जी आन्दोलनकै कारण मुलुक प्रतिगमनतर्फ गएको उनको ठहर छ ।  लोकतन्त्र कमजोर बनाएर देशमा  कठपुतली सरकारको  निर्माण गरेको भन्दै उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्ीडास्थल बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए । 

महासचिव पोखरेल नेपालको राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउने एमाले लागिरहेको बताए । शक्तिराष्ट्रहरूको चलखेल गर्ने अखडा बनाउने नेपाललाई दिनुहुँदैन भन्दै उनले यसमा एमाले सशक्त भएर उभिने बताए । 
 

सुझावित समाचार