साढे ६ लाख कार्यकर्तामार्फत ओलीको चुनावी सन्देश

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले २१ फागुनको निर्वाचनले देशलाई विनाश कि निर्माणतिर लैजाने महत्वपूर्ण फैसला गर्ने भन्दै पार्टीलाई बहुमत जुटाउने काममा सक्रिय हुन कार्यकर्तालाई अपिल गरेका छन् ।

पार्टीका साढे ६ लाख कार्यकर्तालाई एकैपटक मोबाइल सन्देश पठाएर उनीहरूलाई संगठित रूपमा सक्रिय तुल्याउने उद्देश्यले ओलीले अपिल गरेका हुन् ।

ओलीको चुनावी सन्देशमा भनिएकाे छ, ‘यहाँलाई अवगत नै छ– आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबिचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अत: बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु ।’ ओलीको यस्तो सन्देश देशैभरका कार्यकर्ताको मोबाइलमा पुगेको छ । 

सुझावित समाचार