जाँचबुझ आयोगको म्याद २० दिन थप

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण
जाँचबुझ आयोगको म्याद २० दिन थप

फाइल तस्बिर

सरकारले जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद दोस्रोपटक थप गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका नवनियुक्त प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

शुक्रबारसम्म म्याद रहेकोमा आयोगले प्रतिवेदन लेखनको काम नसकिएको भन्दै एक महिना म्याद थपको प्रस्ताव अघि बढाएको थियो। गत ९ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगलाई सुरुमा तीन महिनाको समय दिइएकोमा एक महिना थप भएको थियो।

‘२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,’ निर्णय सुनाउँदै अर्यालले पत्रकार सम्मेलनमा भने।

सुझावित समाचार