२१ फागुनको प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचनका लागि मंगलबार एकै चरणमा देशभर शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । १६५ वटै निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार कुल ३,४८४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीमध्ये ३,०८८ पुरुष, ३९५ महिला र एकजना अन्य छन् । राजनीतिक दलका तर्फबाट २,२९७ जना उम्मेदवार दर्ता हुँदा २,०६८ पुरुष, २३५ महिला र एक अन्य छन् । स्वतन्त्र उम्मेदवारको संख्या १,१८७ रहेको छ, जसमा १,०२४ पुरुष र १६० महिला छन् ।
१६५ क्षेत्रमा यी हुन् प्रमुख दलका उम्मेदवार
मंगलबार : मनोनयन । बुधबार र बिहीबार : उजुरी र जाँचबुझ । शुक्रबार : उम्मेदवारी फिर्ता लिने समय र आयोगबाट अन्तिम नामावली सार्वजनिक

