ओली भन्छन्- सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ

जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु भएको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ बाट मनोनयन दर्ता गर्न काठमाडौंबाट सोमबार दिउँसो चन्द्रगढी विमानस्थल हुँदै दमक पुगेका ओलीले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। 

उनले भनेका छन्, ‘हाम्रा लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ ।’

उनले अगाडि भनेका छन्, ‘हामीलाई पूरा विश्वास छ– हामी नेपालीले जित्नेछौँ, नेपालले जित्नेछ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस् !’

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज एकै दिन मनोनयन दर्ता हुँदै छ । प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् भने केही विवादित क्षेत्रका उम्मेदवार मंगलबार बिहानसम्म टुंग्याउने तयारी छ ।

See More On

सुझावित समाचार