धरानका मेयरले पनि दिए राजीनामा

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

धरानका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले पनि राजीनामा दिएका छन्। आसन्न निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उनले आइतबार राजीनामा दिएका हुन्। 

उनले उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन्। 

श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन्। 
काठमाडौंका मेयर बालेन शाहले पनि आइतबार राजीनामा दिइसकेका छन्। 
 

सुझावित समाचार