सूर्य नेपाल इस्टर्न ओपन गल्फर : नीरजले लिए ३ स्ट्रोकको अग्रता

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपालका नम्बर एक गल्फर नीरज तामाङले सूर्य नेपाल गल्फ टुरको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ६ अन्डर ६४ को उत्कृष्ट प्रदर्शन गर्दै ३ स्ट्रोकको अग्रता लिएका छन् । धरानको गल्फ कोर्समा बुधबार भएको खेलमा नीरजले टंकबहादुर कार्की र बलभद्र राईलाई ३ स्ट्रोकले पछि पारेका हुन् ।

टंकबहादुर र बलभद्रले ३ अन्डर ६७ को स्कोर गरेका थिए । दुवै दोस्रो स्थानमा छन् । १ अन्डर ६९ को स्कोरका साथ पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई र भुवन नगरकोटी चौथो स्थानमा छन् ।

यसैगरी दुई एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्मा पनि संयुक्त रूपमा चौथो स्थानमा रहे । राहुलले गत साता सूर्य नेपाल गल्फ टुरको पहिलो उपाधि हात पारेका थिए । यसपटक धरानमा उनले पहिलो दिन गतिलो प्रदर्शन गर्न सकेनन् । 

नीरजले निकाले लगातार बोर्डी
नीरजले दिनको सुरुवात सानदार रूपमा गरेका थिए । उनले दोस्रो होलमा बोगी प्रहार गरेका थिए । । यसपछि उनले तेस्रो, पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डी निकाली फ्रन्ट नाइन ३ अन्डर ३३ स्कोर बनाए । ब्याक नाइनमा उनले ३ अन्डर ३१ स्कोर गर्ने क्रममा १२औँ, १३औंँ, १६औँ र १८औँ होलमा समान एक सट बचाए ।

दोस्रो स्थानमा रहेका टंकबहादुरले फ्रन्ट नाइन १ अन्डर ३५ र ब्याक नाइनमा २ अन्डर ३२ को स्कोर गरेका थिए । उनले फ्रन्ट नाइनको आठौँ र नवौँ होलमा लगातार दुई बर्डी प्रहार गरे । 

See More On

सुझावित समाचार